नियम २२
विद्युतीय उपकरणको प्रयोग
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मतदान गर्ने प्रयोजनको लागि आयोगले कुनै वा सबै स्थानीय तहको निर्वाचनमा विद्युतीय उपकरणको प्रयोग गर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम आयोगले विद्युतीय उपकरण प्रयोग गर्ने व्यवस्था गरेको स्थानीय तहमा मतदाताले मतदान गर्दा विद्युतीय उपकरणको प्रयोग गर्नु पर्नेछ ।
(३) विद्युतीय उपकरण प्रयोग गर्ने कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।